सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीसँग २७ कात्तिकमा सचिवालय बैठक बोलाउन प्रस्ताव गरेका छन् ।
ओलीलाई भेटेर प्रचण्डले बैठकको प्रस्ताव गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, ओलीले सहमति दिएका छैनन् ।
ओली सहमत हुने र सर्वसहमतिमा सचिवालय बैठक बस्ने श्रेष्ठको विश्वास छ । यसअघि अध्यक्ष प्रचण्डसहित सचिवालयका पाँच सदस्यले ओलीलाई बैठक बोलाउन लिखित आग्रह गरेका थिए ।
२७ कात्तिकसम्म बैठक बोलाउन ओली रहेको र प्रचण्डसँग त्यही विषयमा कुराकानी भएको बालुवाटार स्रोतले बताएको छ ।