कालीगण्डकी कोरिडोरमा सुक्खा पहिरो खस्दा पाँच मजदुरको मृत्यु

बुधबार, १९ कार्तिक, २०७७
डिजिटल संस्करण

पूर्वी नवलपरासीको बुलिङटारस्थित कालीगण्डकी कोरिडोरमा सुक्खा पहिरो खस्दा पाँचजनाको मृत्यु भएको छ । 

बुधबार साँझ बुलिङटार गाउँपालिका– ३ मा तारजाली भर्ने क्रममा माथिबाट खसेको सुक्खा पहिरोमा परी पाँचजना मजदुरको घटनास्थलमै मृत्यु भएको हो । 


मृत्यु हुनेमा बुलिङटार– ४ का २८ वर्षीय तुलबहादुर सारू, २० वर्षीय गोपाल गर्जा मगर, ४२ वर्षीय सुनबहादुर पुलामी मगर, २० वर्षीय ताराबहादुर लुंगेली मगर र २० वर्षीय चेतबहादुर अस्लामी मगर रहेका छन् । 


२० वर्षीय केवल लुंगेली मगर र २१ वर्षीय कृष्ण लुंगेली घाइते रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तथा मृतकहरूको स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेका थिए । 

सुझावित समाचार