खुलामञ्चमा असहायलाई भोजन गराउनबाट रोक्न खोज्नु अमानवीयताको पराकाष्ठा : साझा पार्टी

मंगलबार, १८ कार्तिक, २०७७
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क भोजन गराउने काम बन्द गर्न दिएको निर्देशनको साझा पार्टीले भर्त्सना गरेको छ ।

कोरोना महामारीका कारण श्रमिक र असहायले भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका वेला सरकारले गर्नुपर्ने काम नागरिक स्तरबाट हुँदा रोक्न खोज्नु अमानवीयताको पराकाष्ठा भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको हो ।

महानगरको यस्तो निर्देशनको उल्लंघन गर्न साझा पार्टीले बुधबार बिहान र बेलुकाको खाना खर्च व्यहोर्ने भएको छ । साझा पार्टीका प्रवक्ता शरदराज पाठकले खाना खुवाउने कार्यक्रममा पार्टीका स्वयंसेवक सरिक हुने बताए ।

सरकारले खुलामञ्चमा भोजन गर्न रोक लगाउने निर्णय तत्काल फिर्ता गर्नुपर्ने भन्दै महामारीको समस्या रहुन्जेल श्रमिक र असहायलाई काम वा मामको व्यवस्था गर्न पार्टीले माग गरेको छ । 

सुझावित समाचार