भन्सारका अधिकृत र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, ७ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । त्रिभुवन विमानस्थल, भन्सार कार्यालय, वैदेशिक हुलाक शाखा, डिल्लीबजारका भन्सार अधिकृत इन्द्र न्यौपाने र सोही कार्यालयका कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

कुरियर कम्पनीमार्फत विदेशमा कुरियर गरी विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारले पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरूले नौ हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। 
 

सुझावित समाचार