काठमाडौं/ नेपालमा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी)को अफसोर क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा यससम्बन्धी निर्णय भएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिए।
‘यो महत्वपूर्ण पहलले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न, दक्ष जनशक्ति विकास गर्न तथा नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउनेमा हामी आशावादी छौँ,’ त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने।