भारतपछि पाकिस्तानले लगायो टिकटकमा प्रतिबन्ध

शनिबार, २४ असोज, २०७७
डिजिटल संस्करण

भारतपछि पाकिस्तानले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरणले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो । 

टिकटकले अनैतिक र अश्लील सामग्रीलाई फिल्टर गर्न नसकेको भन्दै प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।  

टिकटकमाथि अनैतिर अश्लील सामग्री व्याप्त भएको भन्दै समाजका विभिन्न क्षेत्रबाट गुनासो बढेपछि प्रतिबन्ध लगाउन परेको सरकारको स्पष्टिकरण छ । 

टिकटकले यसप्रकारका सामग्रीहरु हटाउन सहमत भएमा प्रतिबन्ध फुकुवा गर्न सकिने समेत बताइएको छ । यता टिकटक कम्पनीले भने पाकिस्तान दूरसञ्चार प्राधिकरणसँग यो विषयमा छलफल चलाइरहेको बताएको छ । 

रोयटर्ससँगको कुराकानीमा कम्पनीले देशको जीवन्त र रचनात्मक समुदायलाई सेवा प्रदान गर्न आफू तत्पर रहेको जनाएको छ । 

See More On

सुझावित समाचार