करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय

बिहिबार, १५ असोज, २०७७
डिजिटल संस्करण
करका दर र अन्तःशुल्क घटाउने सरकारको निर्णय

फाइल तस्बिर

सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तःशुल्क घटाउने निर्णय गरेको बताएका हुन् । 

आर्थिक ऐन, २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दर र अन्तःशुल्क घटाउने निर्णय भएको ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए । 

त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता, २०७४ को दफा १२६ (क)को कसुरसम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । 

तेजावपीडितको नाम र फोटो प्रकाशित गरी सहयोग संकलनको नाममा रकम उठाउने कार्य गैरकानुनी ठहर गरिएको र त्यस्तो काम गर्ने कसुरमा दण्ड दिने अधिकारीको रूपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ । 
 

सुझावित समाचार