चितवनमा एकैदिन दुई बिओपी स्थापना

सोमबार, १२ असोज, २०७७
डिजिटल संस्करण

सीमा सुरक्षालाई थप बलियो बनाउँदै लैजाने योजनाअनुसार चितवनमा सशस्त्र प्रहरी बलका दुईवटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् । 

चितवनको माडी नगरपालिका- १ गर्दीस्थित केदारेश्वर प्रावि र सोही नगरपालिका- ९ स्थित राईडाँडा प्राथमिक विद्यालयमा  नयाँ बिओपी स्थापना गरिएको हो ।

मर्ज भएपछि खाली रहेका विद्यालयमा बिओपीको कार्यालय स्थापना गरिएको सशस्त्र प्रहरी बल १७ नम्बर गण चितवनका एसपी दीपककुमार थापाले जानकारी दिए । 

शनिबार सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय- ३ गढिमाई बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठले नयाँ बिओपीको उद्घाटन गरेका छन् । दुवै बिओपी सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा टोली तैनाथ गरिएको हो ।  

सरकारले भारतसँगको सीमानाकामा बिओपी संख्या बढाउँदै लैजाने रणनीतिअनुसार चितवनमा दुई बिओपी थपिएकाे हाे । 

सुझावित समाचार