स्याङ्जामा पहिरोले घर पुरिँदा दुईको मृत्यु, आठ बेपत्ता

बिहिबार, ८ असोज, २०७७
डिजिटल संस्करण

स्याङ्जाको छुट्टाछुट्टै ठाउँमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ ।  एकजना घाइते भएका छन् भने आठजना बेपत्ता भएका छन् । 

बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका– ४ स्थित  गौतमडाँडाका बाबुराम दमाईं र जगतबहादुर दमाईंको घर पहिरोले पुरिएर पूर्ण रूपमा क्षति भएको छ । पहिरोमा परी बाबुराम दमाईंका १६ वर्षीय छोरा विष्णु दमाईं मृत फेला परेका छन् । 

त्यस्तै, पहिरोले वालिङ नगरपालिका– १४ तमादीकी माया नेपालीको घरसहित १० जनाको परिवार  पुरेको छ । जसमा एकजनाको शव भेटिएको छ भने एकजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अन्य आठजना बेपत्ता छन् । 

बेपत्ताहरूको खोजीकार्य भइरहेको र घाइतेलाई उपचारका लागि वालिङ अस्पताल लगिएको  जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।  

सुझावित समाचार