नेकपा स्थायी कमिटी बैठक बस्दै, आन्तरिक किचलोबाट मुक्त हुने अपेक्षा

शुक्रबार, २६ भदौ, २०७७
डिजिटल संस्करण

नेकपा स्थायी कमिटी बैठक  ११ बजे बस्दै छ ।  

पार्टीलाई अतीतका किचलोबाट मुक्त गर्ने अपेक्षासहित बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण, सहमति, अग्रगतिका साथ अगाडि बढ्नुको विकल्प नभएको उनले सञ्जालमा लेखेका छन् । 

०७६ फागुनयता विभिन्न रूपमा देखा परेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनः दुई अध्यक्ष समझदारीमा फर्किएको उनले बताए ।

उनले लेखेका छन्, ‘खासमा एकताको पहलकर्ता र निर्णयकर्ता दुवै उहाँहरू  हो र एकता जोगाउने समझदारी पनि दुईजना अध्यक्षहरूकै हो । सरकारको प्रभावकारी सञ्चालन र पार्टीको एकता अनि गतिशीलता पनि यस आधारमै निश्चिय हुनेछ । ’

सुझावित समाचार