मोटरसाइकल दुर्घटनामा घाइते भएका मेयर राईलाई थप उपचारका लागि काठमाडौं लगियो

बिहिबार, २५ भदौ, २०७७
डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा घाइते भएका पाँचखपन नगरपालिकाका मेयर विपिन राईलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । उनलाई बिहीबार कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

पाँचखपन नगरपालिकाको कार्यालय वानाबाट बुधबार बेलुकी खाँदबारीस्थित घर फर्किने क्रममा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । दुर्घटनापछि उनी जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएका थिए । बायाँ हात भाँचिएको र शरीरको भित्री अंगमा पनि असर परेको चिकित्सकले बताएपछि थप उपचारका लागि उनी काठमाडौं गएका हुन् ।

लकडाउनको कारण बजार, पसल र यातायातसमेत बन्द रहेको कारण हेलिकोप्टर मगाएर उपचारका लागि काठमाडौं जानुपरेको मेयर राईले बताए । 
 

सुझावित समाचार