नेकपा कार्यदलको प्रतिवेदनप्रति माधव नेपालको असन्तुष्टि : धेरै कुरा सच्याउन जरुरी

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

विवाद समाधानका लागि गठित नेकपा कार्यदलको प्रतिवेदनप्रति माधव नेपालले असन्तुष्टि जनाएका छन् । कार्यदलको प्रतिवेदन समस्या पन्छाउने साधन बन्न नहुने भन्दै नेपालले पार्टीभित्रका सम्पूर्ण समस्या समाधान गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् । 

बिहीबारको नेकपा सचिवालय बैठकमा नेता नेपालले भनेका छन्,  ‘प्रतिवेदनमा धेरै कुराहरू अमूर्त र अपूर्ण छन् । यो जस्ताको तस्तै पास गर्न सकिँदैन । धेरै कुरा सच्याउन जरुरी छ ।’

सुझावित समाचार