स्वास्थ्यकर्मीमा कोरोना भेटिएपछि कपुरकोट बजार क्षेत्र सिल

बिहिबार, १८ भदौ, २०७७
डिजिटल संस्करण

सल्यानको कपुरकोटमा एकजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि बजार क्षेत्र सिल गरिएको छ ।

धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भदौ १८ गते  गाउँपालिकामा बसेको सर्वदलीय बैठकले एक साताका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । 

संक्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले र यसअघि पनि समुदायस्तरमा गरिएको परीक्षणमा एक व्यक्तिलाई कोरोना भेटिएपछि स्थितिलाई भयावह हुनबाट रोक्नका लागि सिल गरिएको उनले बताए ।

भदौ ९ गते राति १० बजेदेखि भदौ २५ गते राति १० बजेसम्मका लागि कपुरकोट गाउँ कार्यपालिकाको कार्यालय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रूपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले जानकारी दिए ।
 

सुझावित समाचार