काठमाडौंमा निषेधाज्ञा : यस्ता छन् निषेध गरिएका र सञ्चालन गर्न पाउने क्षेत्र

बुधबार, १७ भदौ, २०७७
डिजिटल संस्करण


काठमाडौं उपत्यकामा आगामी २४ भदौको मध्यरातिसम्म थपिएको निषेधाज्ञामा केही क्षेत्रलाई खुकुलो बनाइएको छ । खाद्यवस्तु,  दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु बिक्री–वितरण गर्ने पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । 

निषेधाज्ञामा अब होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने भएको छ ।  तर, त्यसका लागि कोरोना नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । रेस्टुरेन्टको टेक वे र अनलाइन डेलिभरी सेवा पनि सञ्चालन गर्न पाइने भएको छ । 

काठमाडौंभित्र विकास निर्माणसँग सम्बन्धित पसल, व्यवसाय र सोको ढुवानीलाई प्रयोग हुने सवारीसाधन दिउँसो दुई बजेदेखि बेलुका नौ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर, सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । 

यस्ता छन् निषेध गरिएका र सञ्चालन गर्न पाउने क्षेत्र


सुझावित समाचार