आज गोवर्द्धन पूजा

मंगलबार, २४ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको आजकाे दिन गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरी मनाइँदै छ।

वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरी मिठाेमिठाे खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ।

गोवर्द्धन पूजा

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।

 

सुझावित समाचार