काठमाडाैं । यमपञ्चकअन्तर्गत आज कुकुर तिहार मनाइएको छ। इमानदारीपूर्वक सुरक्षा तथा अपराध अनुसन्धानमा सहयोग पुर्याउँदै आएका कुकुरलाई फूलमाला लगाएर मीठा खानेकुरा खुवाउँदै कुकुरको पूजा गरिएको छ।
यस अवसरमा महाराजगन्जस्थित नेपाल प्रहरीको केनाइन कार्यालयमा लागुऔषध तथा अपराधीको खोजी र विपत् व्यवस्थापनमा परिचालित कुकुरहरूको विशेष पूजा गरिएको छ।
साथै, कुकुरहरूद्वारा विभिन्न खेल तथा सीप प्रदर्शनसमेत गरिएको छ। धार्मिक विश्वासअनुसार कुकुरलाई पूजा गर्दा यमलोकको यात्रामा यमराजका द्वारपाल श्याम र सबलले सहज बाटो दिने मान्यता छ।












