काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबिच एकताको सहमति भएको छ। मंगलबार दुई पार्टीका शीर्ष नेतृत्वबिच १०बुँदे सहमति भएको हो।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल तथा नेपाल कम्युनिस्ट पार्टीकी महासचिव उमा भुजेलले हस्ताक्षर गरेको सहमतिपत्रमा मंसिर मसान्तभित्र सबै तहका समिति र जनसंगठनहरूमा समायोजन गरिने उल्लेख छ।
आगामी स्थानीय तहको निर्वाचनपछि पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने तथा नयाँ पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न पाँचकुने तारा रहने सहमति भएको छ।