चोरी भएको माइक्रोबससहित दुईजना पक्राउ

आइतबार, ६ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं । काठमाडौंको बाफलबाट चोरी भएको माइक्रोबस प्रहरीले फेला पारेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

नागार्जुन नगरपालिका– ४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवननजिक पार्किङ गरी राखिएको बा.१ज ९८०५ नम्बरको माइक्रोबस हराएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले मंसिर २ गते कलंकीबाट उक्त माइक्रोबस फेला पारेको हो। त्यसपछि चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले शनिबार बिहान १०ः३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका– ६ घर भई हाल काठमाडौंको कलंकी बस्दै आएका ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार