इतिहासमा आज

शुक्रबार, ९ असोज, २०८३
डिजिटल संस्करण

सन् १८७८ : ब्रिटिस चिकित्सक चार्ल्स ड्राइडेलले ‘द टाइम्स’ पत्रिकाका लागि लेखेको पत्रमा सुर्तीजन्य पदार्थको प्रयोगले हानि गर्ने चेतावनी दिइएको थियो । यसलाई सुर्तीको हानिबारे पहिलो सार्वजनिक घोषणा मानिन्छ ।

सन् १२३७ : इंग्ल्यान्डका राजा हेनरी तृतीय र स्कटल्यान्डका राजा अलेक्ज्यान्डर द्वितीयबिच दुई देशबिचको सीमा निर्धारण गर्नेसम्बन्धी ‘योर्क सन्धि’मा हस्ताक्षर भयो ।

सन् १५१३ : स्पेनिस अन्वेषक भास्को नुनेज डे बालबोआले ‘पनामा इस्थुमस’ पार गरेर प्रशान्त महासागर पुग्ने पहिलो युरोपेली बने ।

सन् १७८९ : अमेरिकी कंग्रेसले संविधान बनेको डेढ वर्षपछि नागरिकको स्वतन्त्रता ग्यारेन्टी गर्ने पहिलो दश संशोधन अर्थात् ‘विल अफ राइट्स’को प्रस्तावमाथि सहमति जनाएर राज्यहरूमा छलफलका लागि पठायो ।

सन् १८०४ : राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया तय गर्नेसम्बन्धि अमेरिकी संविधानको १२औँ संशोधन कार्यान्वयनमा आयो ।

सन् १९३३ : चियाङ्ग काइ सेक नेतृत्वको चिनियाँ सरकारले यसै दिन कम्युनिस्टहरूको आधार क्षेत्र जियाङ्सीमाथि ‘पाँचौँ घेराबन्दी अभियान’ सुरु गर्यो । 

सन् २०१९ :  हज्जा अल मनसरी रुसी अन्तरिक्षयान सोयुज–एमएस १५ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुग्ने पहिलो अरब अन्तरिक्षयात्री बने । 

सन् २०२० : सिंगापुरले विश्वमा पहिलोपटक राष्ट्रिय परिचयपत्र योजनाअन्तर्गत अनुहारमार्फत पहिचान प्रविधि प्रयोग गर्ने घोषणा गर्यो ।

सुझावित समाचार