इतिहासमा आज

बुधबार, ७ असोज, २०८३
डिजिटल संस्करण

सन् १९३२ : राजा अब्दुल अजिज इब्न साउदले आफ्नो नियन्त्रणमा आएका नेज्द अधिराज्य र हेजाज अधिराज्य जोडेर साउदी अरबको स्थापना गरे । यसैले २३ सेप्टेम्बरलाई साउदी अरबमा राष्ट्रिय दिवसका रूपमा मनाइन्छ । अब्दुल अजिजको नेतृत्वमा १९०२ देखि सुरु भएको एकीकरण अभियानका क्रममा सन् १९२२ मा नेज्द र १९२५ मा हेजाज उनको नियन्त्रणमा आएको थियो ।

सन् १८०३ : आसई (हालको महाराष्ट्रको जल्ना जिल्ला)मा भएको दोस्रो ब्रिटिस–मराठा युद्धमा अंग्रेजहरूले जितसँगै भारतीय उपमहाद्वीपमा अंग्रेजहरूको पकड थप बलियो बन्यो ।

१८६२ : प्रुसियाका राजा विल्हेम प्रथमले अटो भोन विस्मार्कलाई प्रधानमन्त्री चयन गरे । रुस तथा फ्रान्सका राजदूत रहिसकेका विस्मार्कले पछि प्रुसियाको नेतृत्वमा सयौँ टुक्रामा विभाजित स–सना जर्मनभाषी राज्य एकीकरण गरे । उनको प्रयासले सन् १८७१ सम्ममा जर्मन साम्राज्य स्थापना हुन पुगेको थियो ।

सन् १९०४ : तिब्बतमा रुसी प्रभाव फैलिएको भन्दै लासा पुगेको ब्रिटिस फौजले भविष्यमा कुनै विदेशी प्रभाव रोक्ने सम्झौता गरेर लासाबाट फर्कियो ।

सन् १९६० : माली महासंघबाट सेनेगल बाहिरिएको थियो । सेनेगल बाहिरिएपछि अहिलेको माली नाम राखिएको थियो ।

सन् १९६५ : अगस्ट ५ बाट सुरु भएको भारत र पाकिस्तानबिचको दोस्रो युद्ध १७ दिनपछि समाप्त भयो । कास्मिरलाई लिएर भएको यो युद्ध संयुक्त राष्ट्रसंघको मध्यस्थतामा अन्त्य भएको थियो ।

सन् १९८६ : अमेरिकको संसद्ले गुलाफको फूललाई राष्ट्रिय फूल चुन्यो । 

सन् २०२२ : ब्रिटिस प्रधानमन्त्री लिज ट्रसका वित्तमन्त्री क्वासी क्वारटेङले यसै दिन विवादास्पद ‘मिनी बजेट’ ल्याए । करको दरमा गरिएको भारी कटौतीका कारण आर्थिक धक्का आउँदा उनी २० अक्टोबरमा पद सम्हालेको ४५ दिनमै राजीनामा दिन बध्य भइन् ।

सन् २०२२ : रुसले कब्जामा लिएका चार युक्रेनी क्षेत्रमा भएको जनमतसंग्रहमा बहुमतले रुसमा गाभिने पक्षमा मत दिएको दाबी गरियो । 

सुझावित समाचार