भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम कायमै, सुरक्षित स्थानमा रहन सरकारकाे आग्रह

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

भोटेकोशी र त्रिशूली नदीआसपासको क्षेत्रमा जोखिम कायमै रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा बस्न सरकारले आग्रह गरेको छ ।  केहीबेर अघि चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा अझै पूर्ण रूपमा ताल नखुलेका कारण भोटेकोशी र त्रिशूली नदीआसपासको क्षेत्रमा जोखिम कायमै रहेको जनाइएको छ।

सम्बन्धित निकायले अर्को सूचना जारी नगरेसम्म भोटेकोशी र त्रिशूली नदीको आसपास तथा नदीकिनारबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदीको बहाब तथा अवस्था हेर्न नदीकिनारमा नजान र सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

सुझावित समाचार