बन्चरेडाँडा प्रकरणमा बालेन्द्र : मेयर हुँदा योजना, प्रधानमन्त्री बनेपछि बेवास्ता

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरका मेयर हुँदा फोहोर व्यवस्थापनबारे योजना सुनाउँथे । तर, अहिले चासो दिएका छैनन् ।

त्यतिखेर शाहका सचिवालयमा रहेका सुनील लम्साल हाल पूर्वाधार विकासमन्त्री छन् । उनले त्यतिखेर बन्चरेडाँडाको अवलोकनसमेत गरेर उपत्यकाको फोहोर घटाउने र व्यवस्थापनबारे पटक–पटक छलफल गरेका थिए ।

फोहोर घटाउने प्रविधि प्रयोग गर्ने, वर्गीकरण गर्ने, मल बनाउन प्रविधि ल्याउनेलगायत योजना मेयर हुँदा अघि सारेका शाहले र उनकै टिमका लम्सालले अहिले त्यसतर्फ चासो दिएका छैनन् ।

पूर्वाधारमन्त्री बनेपछि लम्सालले एकपटक मात्रै फोहोर व्यवस्थापनबारे छलफल गरेका छन् । प्रधानमन्त्री शाहले पनि फोहोर व्यवस्थापनबारे कुनै योजना अघि सारेका छैनन् । 

सुझावित समाचार