६१ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने युवक चोरी मुद्दाका फरार थुनुवा रहेको पुष्टि

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

भदौ २ गते रामेछापकी ६१ वर्षीय एकल महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका युवा जेन–जी आन्दोलनमा कारागारबाट फरार रहेका थुनुवा बन्दी भएको खुलेको छ । 

यसअघि चोरी मुद्दाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय पकली सुनसरीको हिरासतमा रहेका २१ वर्षीय प्रेम बिसुंखे रहेका छन्। उनी जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट फरार भएका थुनुवा बन्दी भएको रेकर्डबाट देखिन आएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए । 

सुनसरी हिरासतबाट फरार रहेका बिसुंके रामेछापमा आएर लुकिछिपी बस्दै लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए । बिसुंखेले यही भदौ २ गते रामेछाप नगरपालिका– ४, तिलबारीकी ६१ वर्षीया एकल महिलालाई उनकै घरमा गएर जबर्जस्ती करणी गरी फरार भएका थिए ।

घटना घटाएर फरार रहेका बिसुंकेलाई प्रहरीले खोजतलासको क्रममा रामेछाप नगरपालिका– ४, हिमगंगास्थित तिलबारीको मान्छे नबस्ने एउटा पुरानो घरमा लुकिछिपी बसेको अवस्थामा भदौ ३ गते प्रहरीले पक्राउ गरेको थियो । हाल उनलाई प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धानकै क्रममा रहेको छ । जबर्जस्ती करणी मुद्दापछि पुनः चोरी मुद्दामा बिसुंखेलाई कानुनअनुसार प्रक्रियाका लागि सुनसरी पठाइने प्रहरीले जनाएको छ । 

सुझावित समाचार