मतदाता नामावली अद्यावधिक गर्न आयोगको आग्रह

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्न मतदातालाई आग्रह गरेको छ। आगामी असोज १ गते वेबसाइटमार्फत नयाँ नामावली प्रकाशन गर्ने जनाउँदै आयोगले आफ्नो नाम, थर, ठेगानालगायतका विवरण अद्यावधिक गराउन आग्रह गरेको हो।

एकभन्दा बढी स्थानमा नाम समावेश रहेको भए एक स्थानमा मात्र कायम गर्न, बसाइँसराइ वा विवाह भई स्थायी ठेगाना परिवर्तन भएको भए अद्यावधिक गर्न र कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए जानकारी दिनसमेत आग्रह गरिएको छ।

सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत निवेदन दिई विवरण अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ।

सुझावित समाचार