रास्वपाको आन्तरिक बैठकले संसद् बैठक रोकियो

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिएपछि प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेकाे छैन । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेले सांसद तथा मन्त्रीहरूसँग संसदीय मर्यादा, आचरण र संसदमा प्रस्तुत हुने शैलीबारे छलफल गरिरहेका छन्।

आन्तरिक छलफल जारी रहेकै कारण रास्वपाका सांसदहरू प्रतिनिधिसभा बैठकमा उपस्थित हुन ढिलाइ भएको हो। रास्वपाका संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाह भने उक्त बैठकमा सहभागी नभएको बताइएको छ।

पार्टीभित्र संसदीय भूमिकालाई थप व्यवस्थित बनाउने विषयमा छलफल भइरहेका वेला संसदीय दलको बैठक लम्बिँदा संसद्को नियमित कार्यतालिका नै प्रभावित भएको हो। रास्वपाको बैठक सकिएपछि मात्रै प्रतिनिधिसभा बैठक अघि बढ्ने अपेक्षा गरिएको छ।

See More On

सुझावित समाचार