कोशीमा नेकपा–एमालेको गठबन्धन सरकार विस्तार, नेकपाका पाँच मन्त्रीले लिए शपथ

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

कोशी प्रदेशमा सातौँपटक सरकार फेरबदल भएको छ। नेकपा र एमाले गठबन्धनको नयाँ सरकारमा सहभागी पाँच मन्त्रीहरूले सोमबार शपथग्रहण गरेका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार नेकपाका चार विभागीय र एक राज्यमन्त्रीलाई शपथग्रहण गराएका हुन्। 

नेकपाबाट जीवन आचार्य भौतिक पूर्वाधार, गोम्बु शेर्पा अन्तरिक मामिला तथा कानुन, खिनुलङ्वा लिम्बू वन, पर्यटन तथा वतावरण, गीता तिम्सिना सामाजिक विकास र सपना दर्जी भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन्। यीमध्ये एकीकृत समाजवादीबाट आएकी खिनुलङ्वाले यसअघि वन, पर्यटन, वतावरण तथा संस्कृति र आचार्यले आर्थिक मामिला तथा वन, पर्यटनमन्त्रीको अनुभव सँगालीसकेका छन्। 

 ९ वटा मन्त्रालय रहेको कोशी प्रदेशमा नेकपा एमाले गठबन्धन सरकारको नेतृत्व एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नै गरेका छन्।
 
मुख्यमन्त्री कार्कीले सरकार विस्तारकै क्रममा एमालेका मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन्। रामप्रसाद मेहता कृषि सहकारी तथा उद्योग, इन्द्रमणि पराजुली स्वास्थ्य र उमाकान्त गौतम स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्। मेहता एमाले–कांग्रेस गठबन्धनमा सामाजिक विकासमन्त्री थिए भने पराजुली र गौतम क्रमशः आन्तरिक मामिलामन्त्री र राज्यमन्त्री थिए।

एमालेका आर्थिक मामिलामन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठक आफ्नै मन्त्रालयमा कायम भएका छन्।

सुझावित समाचार