विद्युत सट भई आगलागी हुँदा चार लाख बराबरको क्षति

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

सिरहाको कल्याणपुर नगरपालिका-९ डुमरी गाउँमा विद्युत सट भई आगलागी हुँदा करिब चार लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीका अनुसार शनिबार बिहान करिब १ बजेतिर धनुवा मण्डल खत्वेको काठ, बाँसको भित्ता र जस्ताको छानो हालिएको दुई कोठाको एक तले घरसहित धनमाल जलेर नष्ट भएको हो ।

आगलागी भएको सूचना पाए लगत्तै कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक राजिवराज शर्माको कमाण्डमा खटिएको टोलीले गोलबजारबाट गएको बारुण यन्त्र र स्थानीय बासिन्दाको सहयोगमा करिब एक घण्टापछि आगो पूर्ण रुपमा निभाइएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

उनका अनुसार आगलागीमा जस्ता हालिएको घरसहित घरभित्र राखिएको लत्ताकपडा, भाँडावर्तन, धान चामल, गहुँ, पानी तान्ने विद्युतीय मोटर, डिजेल र काठको प्लाईसहित करिब चार लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तर मानवीय तथा चौपायाँको क्षति भएकाे छैन ।

See More On

सुझावित समाचार