राष्ट्रिय सभाले बजारमा ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। बैठकको शून्य र विशेष समयमा सांसदहरूले ग्यास अभावका कारण जनताले भोग्नुपरेका समस्याहरू उठान गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘माननीय सदस्यहरूले शून्य समय, विशेष समयमा बजारमा ग्यासको अभावका कारण जनताले भोग्नुपरेको समस्या उठाइरहनुभएको छ। साथै जनस्तरबाट पनि व्यापक गुनासो सुनिन आएकाले सहज रूपमा ग्यासको आपूर्ति तथा बिक्री वितरण गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु,’ बुधबारको बैठकमा अध्यक्ष दाहालले भने।