नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट बनेको नेतृत्वको वैधानिकतासम्बन्धी विवाद फेरि सर्वोच्च अदालतमा सुरुदेखि सुनुवाइ हुने भएको छ। पुनरवलोकनको अनुमति (निस्सा) दिएसँगै यसअघि भएको फैसला अन्तिम नभएको संकेत देखिएको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरवलोकनको ढोका खुला गरेपछि अब नयाँ इजलासले सम्पूर्ण मुद्दामाथि पुनः सुनुवाइ गर्नेछ। यसक्रममा अघिल्लो फैसला कायम रहने वा उल्टिने दुवै सम्भावना रहेको छ।
यदि अघिल्लो फैसला उल्टियो भने असन्तुष्ट समूहको दाबी कानुनी रूपमा स्थापित हुनेछ र विशेष महाधिवेशनको वैधतामाथि प्रश्न उठ्नेछ।