राप्ती चक्रपथ : १७ किलोमिटर कालोपत्रे

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

दाङको राप्ती गाउँपालिकाभित्र निर्माण हुन लागेको राप्ती चक्रपथअन्तर्गत १७ किलोमिटर कालोपत्रे भएको छ । पालिका अध्यक्ष प्रकाश विष्टका अनुसार ३७ किलोमिटर लामो उक्त चक्रपथअन्तर्गत हाल १७ किलोमिटर कालोपत्रे भइसकेको छ । यस वर्ष पनि तीन करोड रुपैयाँ उक्त चक्रपथका लागि बजेट विनियोजन भएको छ। 

हाल राप्ती गाउँपालिका– ६, मजेरियादेखि वडा नम्बर २ को खुरिरियासम्म कालोपत्रे भएको छ । दक्षिणतर्फबाट उक्त सडक स्तरवृद्धिको काम भएको हो । उक्त सडकको दक्षिणमा लमही– १ सुनपुर, पूर्वमा पाखापानी, उत्तरमा सिंगेगोलालाई आधार बनाएर उक्त चक्रपथको काम भइरहेको हो। 

यस वर्ष उत्तरतर्फबाट काम गर्ने तयारी रहेकोसमेत पालिका अध्यक्ष विष्टले बताए । उनले यो सडक राप्तीको गौरवको योजनाका रूपमा रहेको बताए । 

सुझावित समाचार