६ जिल्लामा सिडिओ रिक्त

मंगलबार, ८ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं/ ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी(सिडिओ)का पद रिक्त भएका छन्। तीन महिनामा एक महिनादेखि नै रिक्त रहेकोमा गत शुक्रबार सिडिओ रहेका तीन सहसचिवको अन्य मन्त्रालयमा सरुवा भएको छ । 

प्युठान, रामेछाप र दैलेखमा एक महिनादेखि रिक्त छ। त्यस्तै, महोत्तरी, सिन्धुली र कञ्चनपुरका सिडिओको गत शुक्रबार सरुवा भएको छ । महोत्तरीका इन्द्रदेव यादवको अर्थ मन्त्रालय, सिन्धुलीकी स्किम श्रेष्ठको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कञ्चनपुरका मदन कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा भएको हो । 

रिक्त रहेका जिल्लामा सिडिओ खटाउनुका साथै अन्य जिल्लामा पनि हेरफेरको तयारी भइरहेको गृह मन्त्रालयका अधिकारी बताउँछन्। 
 

सुझावित समाचार