अविरल वर्षाले नुवाकोट– १ का विभिन्न क्षेत्रमा पहिरोले सडक अवरुद्ध, प्रभावितलाई सम्पर्क गर्न मन्त्रीको आग्रह

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण
अविरल वर्षाले नुवाकोट– १ का विभिन्न क्षेत्रमा पहिरोले सडक अवरुद्ध, प्रभावितलाई सम्पर्क गर्न मन्त्रीको आग्रह

बुधबार सूर्यगढी २/३अन्तर्गत रातमाटे भिरमा गएको पहिरोले अवरुद्ध सडक

अविरल वर्षाका कारण नुवाकोट– १ अन्तर्गत पर्ने ककनी, सूर्यगढी, दुप्चेश्वर गाउँपालिकालगायतका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुनुका साथै स्थानीयका घरबारीसमेत जोखिममा परेका छन्।

यस परिस्थितिलाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण, उद्धार तथा राहतका कार्यलाई प्रभावकारी बनाउन नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा निर्माणसम्बद्ध निकायहरूसँग नियमित समन्वय र संवाद भइरहेको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सनाले  जानकारी दिए । 

उनले पहिरोबाट प्रभावित भएका वा जोखिममा रहेका नागरिकलाई आवश्यक सहयोगका लागि सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेका छन् ।  यदि समस्या समाधानको पहल भइसकेको वा भइरहेको छैन भने नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई ९८५११४७७७७ तथा आफ्नो सचिवालयमा ९८५१०९८५४०, ९८५११४८३७८ सम्पर्क गर्न वा सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि उनले अनुरोध गरेका छन् । 

सुझावित समाचार