विभिन्न राजनीतिक दलका नेताहरूसँग सभामुखकाे भेटवार्ता

बुधबार, १३ साउन, २०८३
डिजिटल संस्करण

सभामुख डिपी अर्यालले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका छन्। सभामुख डिपी अर्यालले  प्रधानमन्त्री बालेन्द्र शाह तथा नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

त्यसैगरी, अर्यालले विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो।

त्यसैगरी, मंगलबार नै सभामुख अर्यालले विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए। छलफलमा प्रतिनिधिसभाको कार्यसञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढंगले अघि बढाउने विषयमा विचार आदान–प्रदान भएको थियो।
 

सुझावित समाचार