२०औँ एसियाड : नेपालको समूहमा इन्डोनेसिया र जापान

शुक्रबार, ८ साउन, २०८३
डिजिटल संस्करण

जापानले आयोजना गर्ने २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)को विभिन्न खेलका समूह चरणको ‘ड्र’ निकालिएको छ । महिला भलिबलमा नेपाल समूह ‘ए’मा रहेको छ । आगामी १९ सेप्टेम्बरदेखि सुरु हुने एसियाडका लागि एसियाली भलिबल महासंघ (एभिसी)ले खेलको तालिका सार्वजनिक गर्दा नेपाल ‘ए’ समूहमा परेको छ । समूहमा नेपालसँगै जापान र इन्डोनेसिया छन् । यसैगरी, समूह ‘बी’मा चीन, कजाकस्तान र फिलिपिन्स छन् । समूह ‘सी’मा थाइल्यान्ड, चाइनिज ताइपेई, किर्गिस्तान र मंगोलिया रहेको एभिसीले जनाएको छ ।

क्रिकेट : ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)का अनुसार पुरुष क्रिकेटमा नेपालले आफ्नो समूह चरणमा आयोजक जापानसँगै अफगानिस्तानको सामना गर्नेछ । बिहीबार सार्वजनिक ड्रअनुसार नेपाल समूह ‘ए’मा छ । यसैगरी, समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् । 

प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । नेपालले छनोटको च्याम्पियनका हैसियतले एसियाली खेलकुदमा सहभागिता जनाउँदै छ । नेपालले अन्तिम आठमा स्थान बनाउन कम्तीमा एक जित निकाल्नुपर्छ । 
गत महिना सिंगापुरमा सम्पन्न छनोटको फाइनलमा नेपालले हङकङलाई हराउँदै एसियाडमा स्थान पक्का गरेको थियो । नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा देखिनेछैन । महिला टोलीले छनोट चरण पार गर्न सकेन । 

समूह ‘डी’मा भियतनाम, दक्षिण कोरिया, हङकङ र कतारले प्रतिस्पर्धा गर्नेछन् । महिला टोली अहिले प्रतियोगिताको तयारीमा छ । नेपालले १९औँ खेलकुदमा ११औँ स्थान रक्षा गरेको थियो । यसै वरीयताका आधारमा महिला टोलीले जापानमा हुने एसियाडको स्थान बनाएको थियो । 

महिला कबड्डी : गत संस्करणमा कांस्य पदक जितेको नेपालको महिला कबड्डी टोली यसपटक समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेई छन् । यसैगरी समूह ‘ए’ मा भारत, जापान, इरान र बंगलादेश छन् । नेपाली महिला टोलीले दोस्रोपटक एसियाली खेलकुदमा सहभागिता जानउन लागेको हो । नेपाल चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागी भएको थियो । 

See More On

सुझावित समाचार