विशेष अदालतका अध्यक्ष आचार्यले सम्हाले कार्यभार, तीव्र फैसला दिने प्रतिबद्धता

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

विशेष अदालतको अध्यक्षमा नियुक्त भएका न्यायाधीश बासुदेव आचार्यले पदभार ग्रहण गरेका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  आचार्यलाई विशेष अदालतको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसलगत्तै आचार्यले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर विशेष अदालतमा पदवहाली गरेका हुन्।  

पदबहाली गर्दै उनले जेन–जी आन्दोलनमा भवन र मिसिल जले पनि न्याय नजलेको बताए। उनले न्याय सम्पादनलाई तीव्रता दिने प्रतिबद्धता पनि जनाए । ‘जेन–जी आन्दोलनमा मिसिल र भवन जले पनि न्याय जलेको छैन, हामी कर्मठ, निष्पक्ष र निडर भएर काम गर्छौँ, भौतिक संरचना जले पनि न्याय जल्दैन, तीव्र फैसला दिन्छौँ, अर्को कुरा न्यायाधीश छिटो न्याय सम्पादन गर्न दत्तचित्त हुन्छन्,  दबाब र प्रभावको भरमा न्याय हुँदैन,’ उनले भने, ‘कसैले प्रभाव पार्न खोज्छ भने हामी त्यसमा बेवास्ता गर्छौँ, अदालतमा राम्रो कामको निरन्तरता र मेरो बाहिरको अनुभवलाई समेटेर कार्य सम्पादनमा अग्रणी भूमिका खेल्छँ ।’

अध्यक्ष  आचार्यले उच्च अदालतको न्यायाधीश  रहँदा  ११ हजार १५७ मुद्दाको फैसला आदेश गरेका छन्।  उनी मुद्दा फर्स्याेटमा अग्रणी न्यायाधीश मानिन्छन्। अध्यक्ष आचार्यसँगै विशेष अदालतमा ६ न्यायाधीशको टिम रहेको छ ।

सुझावित समाचार