पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा उनकाे वैचारिक मार्गदर्शनअनुसार कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन, रूपान्तरण र एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
श्रद्धाञ्जली सन्देश जारी गर्दै खनालले पुष्पलालको विचारकै आधारमा नेपालमा जनवादी क्रान्ति, संविधानसभा र संविधान निर्माण सम्भव भएको उल्लेख गरे। उनले वर्तमान कम्युनिस्ट नेतृत्व दक्षिणपन्थी विचलनतर्फ गएको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनअधिकारको रक्षाका लागि वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिबिच फराकिलो एकताको आवश्यकता औँल्याए।
उनले पुष्पलालले प्रतिपादन गरेको राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता र वाम एकताको मार्गलाई व्यवहारमा उतार्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन्।
