२३औँ संस्करणको फिफा विश्वकपमा एक सय दुई खेल पूरा भएका छन् । ३९ दिनसम्म चल्ने विश्वकपमा ४८ राष्ट्रले कीर्तिमानी रूपमा सहभागिता जनाएका छन् । अहिले चार राष्ट्र मात्र विश्वकपमा बाँकी छन् ।
स्पेन र अर्जेन्टिनाबिच फाइनल हुँदा फ्रान्स र इंग्ल्यान्डबिच तेस्रो स्थानका लागि खेल हुनेछ । विश्वकपको नकआउट चरणमा एसियाबाट दुई र अफ्रिकाबाट नौ राष्ट्रबाहेक युरोप र दक्षिण अमेरिकाकै बाहुल्यता रह्यो । फिफाले क्वार्टरफाइनलपछि प्रतिस्पर्धा गरिरहेका खेलाडी कुन क्लबबाट प्रतिनिधित्व गरिरहेको भन्ने तथ्यांक सार्वजनिक गरेको छ ।
फिफाका अनुसार अहिले युरोपका शीर्ष क्लबहरूमा व्यावसायिक फुटबल खेलिरहेका छन् । १६ वर्षपछि फाइनल स्थान पक्का गरेको स्पेनमा सर्वाधिक बार्सिलोनाका खेलाडी छन् । बार्सिलोनाबाट नियमित रूपमा प्रतिस्पर्धा गरिरहेका १० खेलाडी मैदानमा छन् । आठ क्लबका खेलाडीले क्वार्टरफाइनलपछि आफ्नो देशलाई प्रतिनिधित्व गरिरहेका छन् ।
क्लबबाट प्रतिनिधित्व
बार्सिलोना (१० खेलाडी) : लामिन यमाल (स्पेन), पेड्री (स्पेन), गावी (स्पेन), डानी ओल्मो (स्पेन), फेरान टोरेस (स्पेन), एरिक गार्सिया (स्पेन), पाउ कुबार्सी (स्पेन), योहान गार्सिया (स्पेन), जुल्स कुन्डे (फ्रान्स), एन्थोनी गोर्डन (इंग्ल्यान्ड)
एट्लेटिको म्याड्रिड (९ खेलाडी) : हुलियन आल्भारेज (अर्जेन्टिना), नाहुएल मोलिना (अर्जेन्टिना), निको गोन्जालेज (अर्जेन्टिना), थियागो अल्माडा (अर्जेन्टिना), जिउलियानो सिमियोने (अर्जेन्टिना), मार्कोस लोरेन्टे (स्पेन), एलेक्स बेना (स्पेन), मार्क पबिल (स्पेन)
आर्सनल (८ खेलाडी) : डेक्लन राइस (इंग्ल्यान्ड), बुकायो साका (इंग्ल्यान्ड), एबेरेची इजे (इंग्ल्यान्ड), नोनी माडुवेके (इंग्ल्यान्ड), डेविड राया (स्पेन), मार्टिन जुबिमेन्डी (स्पेन), मिकेल मेरिनो (स्पेन), विलियम सालिबा (फ्रान्स)
पेरिस सेन्ट जर्मन (६ खेलाडी) : ओसामान डेम्बेले (फ्रान्स), ब्राड्ली बार्कोला (फ्रान्स), डेजुरे डुवे (फ्रान्स), वारेन जाइरे (फ्रान्स), फाबियन रुइज (स्पेन)
म्यानचेस्टर सिटी (५ खेलाडी) : मार्क गुएही (इंग्ल्यान्ड), निको ओराइली (इंग्ल्यान्ड), जेम्स ट्राफर्ड (इंग्ल्यान्ड), रोड्री (स्पेन), रायन चर्की (फ्रान्स)
एस्टन भिल्ला (५ खेलाडी) : एर्जी कोन्सा (इंग्ल्यान्ड), ओली वाट्किन्स (इंग्ल्यान्ड), मोर्गन रोजर्स (इंग्ल्यान्ड), इमिलियानो मार्टिनेज (अर्जेन्टिना), लुकास डिने (फ्रान्स)
चेल्सी (४ खेलाडी) : रिस जेम्स (इंल्यान्ड), ट्रेभोह चालोबाह (इंल्यान्ड), एन्जो फर्नान्डेज (अर्जेन्टिना), मालो गुस्टो (फ्रान्स)
क्रिस्टल प्यालेस (४ खेलाडी) : डिन हेन्डरसन (इंल्यान्ड), जन फिलिप मटेटा (फ्रान्स), म्याक्सेन्स लाक्रोइक्स (फ्रान्स), येरेमी पिनो (स्पेन)