नयाँ पुस्तासँग हातेमालो गर्न एमाले तयार छ : शंकर पोखरेल

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नवयुवाको भावनालाई आत्मसात् गरेर मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन पार्टी प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा पोखरेलले आजका चुनौतीलाई सामना गर्न नयाँ पुस्तासँग हातेमालो गर्न एमाले तयार गरेको प्रस्ट्याएका हुन्।

‘नेकपा एमाले समयको बदलावसँगै आफूलाई अद्यावधिक गर्ने सामर्थ्य राख्ने पार्टी हो,’ उनले भने, ‘हामी नवयुवाको भावनालाई आत्मसात् गरेर मुलुकलाई सही दिशातर्फ अगाडि बढाउन प्रतिबद्ध छौँ।’

कृत्रिम बौद्धिकताको प्रयोग गरेर खराबलाई असल र असललाई खराब देखाउने काम भइरहेको उल्लेख गर्दै पोखरेलले सामाजिक, राजनीतिक आन्दोलनका नेतृत्वकर्ताका लागि यो चुनौती बनेको बताए।

सूचना प्रविधिको विकासले उत्पादन पद्धति र उत्पादन सम्बन्धमा समेत प्रभाव पार्ने सुनाउँदै उनले यसले मानव क्षमता र सामर्थ्य वृद्धि गरेर थप अवसर पनि दिएको कुरालाई भने उपेक्षा गर्न नसकिने बताए।

सुझावित समाचार