आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका २५ वर्षीय गणेश नेपालीको मृत्यु भएको छ ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार केही समयअघि उनको मृत्यु भएको हो । प्रवक्ता डा. बुढाथोकीले अस्पतालले नेपालीको मृत्यु भएकोबारे केहीबेरमा आधिकारिक प्रेस विज्ञप्ति जारी गर्ने बताए ।