रकम हिनामिनाको आरोपमा पक्राउ परेका बाल संगठनका तीन पूर्वपदाधिकारीलाई तीन दिन थुनामा राख्न अनुमति

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण

संस्थाको रकम हिनामिनाको आरोपमा पक्राउ परेका नेपाल बाल संगठन(बालमन्दिर)का तीन पूर्वपदाधिकारीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ। संगठनको तत्कालीन शाखा प्रमुख आशा श्रेष्ठ, काठमाडौं कार्यसमितिाक तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुरका अध्यक्ष ओमकृष्ण कर्माचार्यलाई ठगी मुद्दामा म्याद थप भएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

उनीहरूले संस्थाको रकम हिनामिना गरेको सिआइबीले जनाएको छ। जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वायनको क्रममा उनीहरूलाई जिम्मेवार ठहर गरेको थियो। 
यसअघि बृहस्पति विद्यासदनसँगको लिज प्रकरणमा भएको बदमासीमा सिआइबीले छुट्टै मुद्दा दायर गरिसकेको छ।  
 

सुझावित समाचार