९५ हजार मेट्रिक टन मौज्दात रहेकाले धानबालीका लागि मल अभाव हुँदैन : मन्त्री चौधरी

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक रासायनिक मल सहज रूपमा उपलब्ध हुने बताएकी छिन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले हाल देशभर ९५ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिइन्। साथै, सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल छिट्टै आपूर्ति हुने क्रममा रहेको उनले बताइन्।

मन्त्री चौधरीले मल खरिदका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयले आवश्यक परे थप बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको पनि जानकारी दिइन्।

सुझावित समाचार