सुरेन्द्र पाण्डेसहित पूर्वपदाधिकारीहरूबाट अलग्गै सुझाव

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

एमाले पुनर्गठन अभियान कार्यदलले सुझाव संकलनको घेरा थप फराकिलो बनाउँदै पार्टीका पूर्वपदाधिकारी र निवर्तमान केन्द्रीय सदस्य तथा प्रवास कमिटीबाट पनि सुझाव संकलन गर्ने भएको छ ।

२० असारभित्र प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिए पनि कार्यदलले थप सुझाव संकलन गर्ने तय भएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

जसअनुसार सोमबार प्रवास कमिटी र २३ असारमा पूर्वउपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहित निवर्तमान पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूसँग पनि सुझाव लिने भएको छ ।

अधिकारीले पार्टीका निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू अहिलेको केन्द्रीय कमिटीमा नभए पनि विधानतः स्वतः सल्लाहकार भएका कारण कार्यदलले सुझाव लिने निर्णय गरेको बताए ।

सुझावित समाचार