सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण
सरकार अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर : प्रचण्ड

फाइल तस्बिर

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अग्रसर भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले फेरि एकपटक सबै मिलेर जुर्मुराउनुपर्ने अवस्था आइलागेको टिप्पणी गरे।

‘यो सरकार सुशासन र विकासको निम्ति होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दै छ,’ उनले भने।

आफूहरू वर्गसंघर्ष, विचार र रणनीतिलाई बेवास्ता गरेर बिग्रिएको उल्लेख गर्दै प्रचण्डले त्यसको मुख्य जिम्मेवारी आफैँले लिने बताए।
 

See More On

सुझावित समाचार