प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठन भएको आज सय दिन पूरा भएको छ ।
सय दिन पूरा भएको अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत उपलब्धि सार्वजनिक गरेका हुन् ।
सरकार गठनसँगै प्राथमिकता निर्धारण गर्दै सयदिने कार्यसूची तयार पारी त्यसकै आधारमा काम अघि बढाएको थियो । पत्रकार सम्मेलनमा ती कार्यसूचीअन्तर्गत भएका प्रगति, सम्पन्न भएका कार्यक्रम तथा सेवा प्रवाहमा गरिएका सुधारका विषय सार्वजनिक गरिएको छ ।
सरकारका उपलब्धि :