जगदीश खरेलद्वारा महामन्त्री पदको उम्मेदवारी फिर्ता

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहमति र एकताको सन्देश दिँदै महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले भने, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नु छ।’

पार्टीभित्रको एकता र सहकार्यलाई प्राथमिकता दिएको उनले उल्लेख गरेका छन्। महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका खरेल भने महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

सुझावित समाचार