होल्डिङ सेन्टरबाट सुकुमवासीले भने– हामी जाने ठाउँ देखाइयोस्, जान तयार छौँ

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका नदीकिनार क्षेत्रबाट हटाइएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी बसोबासको माग गरेका छन्। कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले स्थायी बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टर खाली नगराउन पनि माग गरेका छन्।

‘बसोबास गरिरहेको ठाउँबाट नेपाल सरकारले जबर्जस्ती उठाएर यस होल्डिङ सेन्टरमा राखेको पनि दुई महिना बितिसक्यो। यहाँ बस्नलाई स्थान त दियो, तर खान र अन्य सुविधा भने कठिन छ। बालबालिकाको पढाइ अन्योलमा छ,’ बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरूले भनेका छन्।

रास्वपाले चुनावी प्रचारमा जग्गाधनी पुर्जा दिने बाचा गरेको स्मरण गराउँदै सुकुमवासीहरूले ६० दिनभित्र स्थायी समाधान दिने भनिए पनि आजसम्म व्यवस्थापनको कुनै कदम नचालेको गुनासो गरेका छन्। सुकुमवासीलाई होल्डिङ सेन्टरमा खाद्यान्न, आधारभूत सेवा–सुविधा तथा बालबालिकाको शिक्षा चुनौतीपूर्ण बनेको छ। 

मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यका विकास प्राधिकरणलगायतको टोली पुगेर होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई प्रतिपरिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने तथा असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गरी स्वव्यवस्थापन गर्नुपर्ने जानकारी गराएका थिए। तर, त्यसमा पीडितहरू खुसी छैनन्। उनीहरूले जबर्जस्ती उठिबास गराइएका परिवारलाई पहिलो प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने माग राखेका छन्।

यस्ता छन् सुकुमवासीका माग :

सुझावित समाचार