पत्रकारको न्यूनतम पारिश्रमिक सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारको न्यूनतम पारिश्रमिक र निजी सञ्चारमाध्यमको हक अधिकारको विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभामा सञ्चार मन्त्रालयको बजेटसम्बन्धी छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री तिमिल्सिनाले यस्तो बताएका हुन्। मासिक पारिश्रमिकको पे–रोल  बुझाउनुपर्ने व्यवस्थालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनको प्रतिबद्धता छ।

‘न्यूनतम पारिश्रमिकको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूचना तथा प्रसारण विभागबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्दा सम्बन्धित सञ्चार प्रतिष्ठानले पत्रकारलाई भुक्तानी गरेको मासिक पारिश्रमिकको पेरोलसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ। त्यसको थप प्रभावकारी कार्यान्वयन हुने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु,’ उनले भने।

सुझावित समाचार