मधेश सरकारले श्रम बैंक स्थापना गर्ने, नवउद्यमीलाई विनाधितो कर्जा दिने

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

मधेश प्रदेश सरकारले युवालाई रोजगारी दिन ‘प्रादेशिक श्रम बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। सोमबार सार्वजनिक आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमार्फत प्रदेश सरकारले श्रम बैंक स्थापना गर्ने घोषणा गरेको हो।

‘प्रदेशभित्र रहेका बेरोजगार जनशक्तिको यकिन तथ्यांक संकलन गरी उनीहरूको सिप र योग्यताको विवरणसहितको अनलाइन प्रादेशिक श्रम बैंक स्थापना गरिने’ बजेटमा उल्लेख छ।

प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माणका आयोजनाहरूमा यही श्रम बैंकमार्फत जनशक्ति परिचालन गर्ने व्यवस्था गरिने प्रदेश अर्थमन्त्री युवराज भट्टराईले बताए।

यसैगरी, स्वदेशी कच्चा पदार्थमा आधारित नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्न ‘मधेश स्टार्टअप फन्ड’ र ‘नवप्रवर्तन मधेश फन्ड’ स्थापना गर्ने सरकारको घोषणा छ। यस फन्डमार्फत उत्कृष्ट व्यावसायिक योजना भएका नवउद्यमी तथा युवाहरूलाई विनाधितो सहुलियतपूर्ण ब्याजदरमा कर्जा, मेन्टरसिप र व्यवसाय सञ्चालनका लागि बिउ पुँजीका साथै प्रविधि उपलब्ध गराउने योजना छ।

सुझावित समाचार