बजेटको कार्यान्वयन क्षमता र प्राथमिकतामाथि अमरेशकुमार सिंहकाे प्रश्न

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री स्वर्णिम वाग्लेप्रति कडा टिप्पणी गर्दै बजेटको कार्यान्वयन क्षमता र प्राथमिकतामाथि प्रश्न उठाएका छन्। बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा उनले प्रस्तुत बजेटले ‘डरको वातावरणमा अर्थतन्त्र चलाउन खोजिएको’जस्तो देखिएको भन्दै आलोचना गरे।

सिंहले विशेष गरी शिक्षा र स्वास्थ्य क्षेत्रमाथि कर लगाइएको विषयलाई संविधानविपरीत भएको तर्क गर्दै आपत्ति जनाए। संविधानले यी क्षेत्रलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेकाले त्यसमाथि अप्रत्यक्ष करको भार थोपर्नु गलत अभ्यास भएकाे उल्लेख गरे । 

उनले निजी विद्यालय र अस्पतालमार्फत सेवा लिने नागरिकमाथि करको असर परेको भन्दै राज्यले पहिला सार्वजनिक शिक्षा र स्वास्थ्य प्रणाली बलियो बनाउनुपर्ने धारणा राखे। साथै, सातै प्रदेशमा बुढानीलकण्ठ शैलीका गुणस्तरीय विद्यालय विस्तार गर्ने पुरानो अपेक्षा पूरा नभएको पनि उनले उल्लेख गरे।

छलफलका क्रममा उनले बैंकिङ क्षेत्रमा निक्षेप बढे पनि ऋण प्रवाह सुस्त भएको प्रसंग उठाउँदै निजी लगानीको वातावरण कमजोर भएको टिप्पणी गरे।

सुझावित समाचार