नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई पूर्ण रूपमा सहयोग गर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संविधान र कानुनसम्मत सबै कुरामा कांग्रेसले सरकारलाई शतप्रतिशत सहयोग गर्ने प्रस्ट पारे।
केही पूर्वन्यायाधीश तथा राजनीतिक दलका नेताले सम्पत्ति विवरण नबुझाउने बताइरहेको उल्लेख गर्दै थापाले भने, ‘त्यसको बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर, नेपाली कांग्रेसको तर्फबाट म र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउँछौँ।’
भविष्यमा विवादरहित नतिजाका लागि आयोगले कामको स्वच्छतामा भने ध्यान दिनुपर्ने सभापति थापाले प्रस्ट पारे। उनले भने, ‘भोलि आयोगले गर्ने कामको स्वच्छतामा प्रश्न नआओस्। यसमा यथेष्ट ध्यान पुगेको छैन, पुगोस्।’